८ असोज, एजेन्सी।

बलिउडमा तंरग ल्याएको छोटो टिजर पश्चात ‘ए दिल हे मुश्किल’ को ट्रेलर भिडियो सार्वजनिक भएको छ।ae dil hai muskil trailer 14175488

रणवीर कपुर र अनुश्का शर्मा बिचको फ्रेन्डशिप संगै रणवीर र ऐश्वर्या राय बच्चन बिचको सिजलिङ केमेस्ट्री ट्रेलरमा देखाइएको छ।

धर्म प्रोडक्सनको निर्माणमा बनेको यो फिल्ममा अर्को एक रोचक अपिरियन्सको अनुमान समेत लगाइएको छ। ट्रेलरको १ मिनेट ४२ सेकेन्डमा रणवीर कुनै पात्रसंग प्रश्न गर्दैछन्। अनुहार नदेखाइएको सो पात्र शाहरुख खान झै भान दिने छ।

यो फिल्मको टिजर रणवीर-ऐश्वर्याको इन्टिमेट सिनका कारण निकै चर्चमा आएको थियो। फिल्म यहि तिहारमा रिलिज हुनेछ।