दिनको सुरुवात राम्रोसंग होस् र दिन शुभ रहोस् भन्ने चाहना हरेकको हुन्छ । दिनको राम्रो सुरुवातको लागी प्रायले कैयौ नियम पालना गर्ने गर्दछन् । त्यसको बावजुद पनि कहिले काहि दिन अशुभ रहन्छ । तर यस्तो किन हुन्छ भन्ने कुरा कसैले ख्याल गरेका हुदैनन् ।

वास्तवमा प्रायले विहान उठ्दा वित्तिकै यस्तो काम गर्ने गर्दछन् जुन आफ्नो लागी सहि हुन्छ तर कामको लागी भने बाधा बन्छ । अधिकतम व्यक्तिले विहान उठ्दा वित्तिकै प्राय ऐना हेर्ने गर्दछन्, जुन अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार दिनको सुरुवात यसरि गर्नुपर्छ ।

  • विहान उठ्दा वित्तिकै ऐना हेर्नुहुदैन । उठ्दा वित्तिकै ऐना हेर्नाले व्यक्तिगत जिवनमा नकारात्मक उर्जा पैदा हुन्छ । विहान आँखा खुल्दा वित्तिकै आफुलाई मन पर्ने काम गर्ने अथवा ध्यान गर्नु पर्दछ । यसोे गर्नाले आत्मविश्वासमा बृद्धि हुन्छ ।
  • विहान उठ्दा वित्तिकै मन्दिरको शंख घण्टको आवाज सुन्नाले सकारात्मक उर्जा पैदा हुन्छ । यसबाहेक नरिवल, फलफुल, शंख लगायतका सकारात्मक उर्जा दिने वस्तु देख्नाले दिन शुभ रहन्छ ।
  • विहान घरबाट निस्कदा कुनै पनि जनावरको नाम लिनु अशुभ मानिन्छ । विहानी पख सेतो गाई देख्नु शुभ मानिन्छ ।