एजेन्सी । बलिउड नायिक ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्या रणबीर कपुरलाई आफ्नो बुबा भन्ठानेर झुक्किएकी छिन् ।

aswrya-ranbir-13764814

ऐश्वर्या ले यो खुलासा हालै एक म्यागजीनको फोटो सुट गर्ने क्रममा गरेकी हुन् । उनले भनिन्, ‘फिल्म सुटिङ भइरहँदा रणवीर सँगै थिए, आराध्या अचानक पापा भन्दै आएर रणबीरलाई अंगालो मारिन् ।’

रणबीरले उनका बुबा बलिउड नायक अभिषेकको जस्तै ज्याकेट लगाएकोले छोरी झुक्किएको ऐश्वर्याको भनाई छ । उनका अनुसार त्यसपछि आराध्याले रणबीरसँग थुप्रै रमाइला कुराकानी गरेकी थिइन् ।

aswrya-ranbir-34475014

ऐश्वर्या एक फिल्ममा रणवीरसँगको रोमान्टिक केमेष्ट्रिका कारण चर्चामा छिन् । करन जोहरले निर्देशन गरेको ‘ए दिल है मुश्किल’ नामक चलचित्रमा करण र ऐश्वर्याका हट सिनहरु समावेश गरिएको छ । सेन्सर बोर्डले समेत तीन वटा सिन हटाइसकेको भारतीय संचारमाध्यामले जनाएका छन् ।