ऐश्वर्या रायको विवादित मीमले उनका पूर्व प्रेमी विवेक ओब्रोय विवादमा तानिएका छन्। माफी माग्नुपर्ने चौतर्फी दबाब आएपनि उनले माफी माग्न इन्कार गरेका छन।

उनी भन्छन्, ‘कुनै अश्लील तस्विर सेयर गरेको छु र मानिसहरु माफी माग्नको लागि भनिरहेका छन्। मलाई सरी भन्न कति टाइम लाग्ला। मलाई भनिदिनुस् कि के गलत गरेको छु कि सरी भनुँ।’

विवेकले सोमबार ऐश्वर्यालाई ट्रोल गरिएको एक मीम ट्वीटरमा सेयर गरेका थिए। जसमा तीन तस्विर कोलाज गरिएको थियो। पहिलोमा सलमान र ऐश्वर्या जसमा ओपोनियम पोल लेखिएको छ। दोस्रोमा विवके र ऐश्वर्या जसमा एक्जिट पोल लेखिएको छ। अनि तेस्रोमा अभिषेक र ऐश्वर्या जसमा रिजल्ट लेखिएको छ।

कान्समा ऐश्वर्या बनिन मेर्मेड र एन्जल!

विवेक अहिले ‘पीएम मोदी बायोपिक’ फिल्मको प्रमोशनमा व्यस्त छन्।

के उनले पब्लिसिटीको लागि यो तस्विर सेयर गरेका थिए, जवाफमा उनले भने, ‘थाहा छैन मान्छेहरुले किन यसलाई ठूलो बनाइरहेछन्। कसैले मलाई मीम पठायो जसमा मेरो मजाक उडाइएको थियो। म हाँसे अनि पठाउनेको प्रसंसा गरे। मैले लेखेको पनि छु कि यो पोलिटिकल होइन, यो लाइफ हो। यस्तो हुन्छ कि तपाइ सम्बन्धमा बस्नुहुन्छ अनि छोडेर अगाडी बढ्नुहुन्छ। समस्या के हो? यसमा सबै हाँस्दै छन्।’

जो व्यक्तिहरु मीममा छन (सलमान, अभिषेक र ऐश्वर्या) उनीहरुलाइ आपत्ति छैन तर दुनियाँभरका मानिस नेतागिरी गर्न किन उठिरहेका छन्।’

यो ट्वीट गरेकोमा कुनै पश्चाताप छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘किन पश्चाताम गर्नु? (ऐश्वर्यासंगको सम्बन्ध) क्लोज भइसकेको च्याप्टर हो। तर यो बारेमा मान्छेहरु हजारौं कुरा लेख्छन्। यो स्वतन्त्र देश हो। दुनियाँले लेख्छ हामी हाँसी दिन्छौ..केही गलत छ यसमा?’

महिला आयोगको चेतावनी

यो ट्वीटको कारण विवेकलाई भारतको राष्ट्रिय महिला आयोगले एक सूचना पठाएर जवाफ मागेको छ। राष्ट्रिय महिला आयोगकी अध्यक्षले भनेकी छिन्, ‘विवेक ओबरोयले सामाजिक सञ्जालमा माफी मागुन र व्यक्तिगत रुपमा ती व्यक्तिहरुसंग पनि जसको तस्वीर उनको ट्वीटमा छ। यदि यसो गर्दैनन् भने हामी उनी विरुद्ध कानुनी कारवाहीको बाटोमा जानेछौ। हामी ट्वीटरसंग पनि यो ट्वीट हटाउने कुरामा कुराकानी गर्दैछौ।’

जवाफमा विवेकले ‘मलाइ बोलाइएको छ, म जानेछु र उनीहरुलाई सफाइ दिनेछु। मैले केही गलत गरेको छैन।’ भनेका छन्।

विवेकको आगामी फिल्म ‘पीएम मोदी’ भारतको लोकसभा चुनावको नतिजा आएको एक दिन पश्चात २४ मेमा हुनेछ।