१९ मंसिर, एजेन्सी ।

बलिउड अभिनेत्री ऐश्वर्या रायले आत्महत्याको कोशिस गरेको भन्दै समाचार बलिउडमा भाइरल बनेको छ ।

ऐश्वर्याको वोल्ड सिनमा अभिषेकको यस्तो आयो प्रतिक्रिया

भारतीय सञ्चार माध्यमहरुले यो समाचारको पुष्टी गर्न नसक्ने भन्दै समाचार प्रकाशित गरिरहेका छन् ।

aish-in-bed

रिपोर्टमा जनाइए अनुसार ऐश्वर्याले बैबाहिक जिन्दगीमा तनाव बढेको र पछिल्लो चलचित्रमा आफूले दिएको सिनमा परिवारले गम्भिर आपत्ति जनाएको भन्दै यस्तो कदम चालेको उल्लेख छ ।

ऐश्वर्याले नमानेपछि अमिताभले गरे निर्देशकलाई फोन !

उनले दिएको एक चलचित्रको बोल्ड सिनले बच्चन परिवारमा हंगामा मच्चिएको भन्दै विभिन्न समाचार प्रकाशित भएका थिए । यसै तनावलाई झेल्न नसकेर ऐश्वर्याले आफ्नो हातको नशा काटेको समाचारमा जनाइएको छ ।

ऐश्वर्या बेहोस भएपछि घरमा चिकित्सक बोलाएर उनलाई बचाइएको र उनले आफूलाई मर्न दिन आग्रह गरेको समेत समाचार माध्यमहरुले जनाएका छन् ।

यद्यपी यो समाचारको पुष्टी भने हुन सकेको छैन ।