७ जेठ, एजेन्सी ।

७०औँ कान्स फिल्म फेस्टिभलको चौथो दिन शनिवार ऐश्वर्या राय बच्चनले कान्सको नियम तोडेकी छिन् । शनिवार ऐश्वर्या रातो रंगको गाउन पहिरिएर रेड कार्पेटमा उत्रिइन् ।

खासै ठूलो मुद्धा त होइन तर सामान्यतया रेड कार्पेटमा सेलिब्रेटीलाई रातो रंगको पहिरन लगाउन अनुमति छैन । तर, ऐश्वर्याले नियमको वास्ता नगरी रेड कार्पेटकै रंग (रातो)को ‘ड्रेस’ लगाएर सबैलाई अचम्ममा पारकी छिन् ।

ऐश्वर्याले कपाललाई ‘थिक लुक’ दिएकी थिइन् भने हिरा जडित ‘एयरिङ’ लगाएकी थिइन् । उनले गाउनकै रंगसँग मिलाएर गाढा रातो ‘लिपिस्टिक’ लगाएकी थिइन् । जानकारी रहोस्, यतिबेला फ्रान्समा भइरहेको ‘फिल्म समारोह’मा ऐश्वर्या राय लोरियल पेरिसलाई प्रस्तुत गरिरहेकी छिन् । शनिवार ऐश्वर्याको दोस्रो प्रदर्शन थियो ।

हेर्नुहोस्, ऐश्वर्या रायका थप तस्विरहरु ।