एजेन्सी।

पाँच वर्षपछि बलिउडमा फर्केकी ऐश्वर्याको नयाँ चलचित्र जज्बाको ट्रेलर सार्वजनिक भएको छ। ४१ वर्षीय अभिनेत्रीले पछिल्लो पटक सन् २०१० मा सञ्जय लीला भन्सालीको ‘गुजारिस’ चलचित्रमा अभिनय गरेकी थिइन्।

सञ्जय गुप्ताको निर्देशनमा बनेको चलचित्र ‘जज्बा’मा ऐश्वर्या राय बच्चन र इरफान खानले मूख्य कलाकारको भूमीका निर्वाह गरेका छन्। यहि वर्षको अक्टोबर ९ मा रिलिज हुन लागेको यस चलचित्रको ट्रेलरलाई सञ्जय गुप्ताले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका थिए।Jazbaa-Trailer-4

‘एसेल भिजन’, ‘ह्वाइट फेदर फिल्म्स’ र ‘भाइकिङ्ग इन्टरटेनमेन्ट’ द्वारा निर्मित यस चलचित्रमा ‘शवाना अज्मी’, ‘ज्याकी स्रफ’, अतुल कुल्करनी’, ‘अभिमन्यू सिंह’ र ‘चन्दन रोय सन्याल’ले पनि अभिनय गरेका छन्।Jazbaa-Trailer-5यो ट्रेलर रिलिज गर्नुभन्दा पहिले, सञ्जय गुप्ताले उक्त ट्रेलरबाट केहि तस्विरहरू पनि राखेका थिए। हेर्नुहोस्, ती तस्विरहरू अनि त्यससँगै ट्रेलरको भिडियो पनि।Jazbaa-Trailer-6 Jazbaa-Trailer-1 Jazbaa-Trailer-2 Jazbaa-Trailer-3

ट्रेलरको भिडियो हेर्नुहोस्-