कुनै पनि ब्यक्तिसँग मिल्दा अनुहारमा सबैभन्दा पहिलो नजर पुग्छ । मानिसको ओंठ सबैभन्दा पहिले ध्यान पुग्ने अंग हो । मानिसका ओंठको बनौट फरक फरक हुन्छ ।

मानिसको ओंठको रंग, वनावट र आकारबाट मानिसको स्वाभाव र रहस्य थाहा पाउन सकिने समुन्द्र शास्त्रको भनाइ छ । सामुद्रिक विद्या अनुसार, मनुष्यको शिर देखि पाउ सम्म हरेक अंगमा कुनै न कुनै लक्षण हुन्छ ।

कस्तो ओंठ हुने मानिसको स्वभाव र चरित्र कस्तो ?

ठूला ओंठः ठूला ओंठ हुने ब्यक्ति क्रोधी अर्थात रिसाहा हुने मानिन्छ । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि धेरै रिस उठ्छ । यस्ता ब्यक्ति जिद्दी पनि हुन्छन् ।

lip signs 1
रसिला ‌ओंठः राता र चिल्ला तथा मिलेका ओंठ हुने ब्यक्ति कलाप्रिय र राम्रो स्वभावका हुने मानिन्छ । रसिला ओंठ हुनेहरुले घर परिवार र समाजमा समेत सम्मान पाउने समुन्द्र शास्त्रको भनाइ छ । यस्ता ब्यक्तिले आफ्नो क्षेत्रमा प्रतिष्ठा समेत कमाउँछन् ।

lip signs 4

गुलावी ओंठः जुन ब्यक्तिका ओंठ गुलावी हुन्छन् त्यस्ता ब्यक्ति कुशल, उदार र बुद्धीमान हुन्छन् । यस्त ओंठ भएका ब्यक्तिले आफ्नो ब्यवहारको बलले मन जित्न सक्छन् । यस्ता ब्यक्तिका साथी पनि धेरै हुन्छन् ।

lip signs 2

उठेका ओंठः सामान्य भन्दा उठेका ओंठ हुने ब्यक्ति डरपोक हुन्छन् । यस्ता ब्यक्तिले परस्थिति सम्हाल्न सक्दैनन् ।

यस्ता ओंठ हुने सबै भन्दा कामुक

तल धसिएका ओंठः जुन ब्यक्तिका ओंठ भित्र धसिएका हुन्छन् त्य्ता ब्यक्ति रहस्यमय हुन्छन् । यस्ता ब्यक्तिलाई कुरा बुझाउन पनि कठिन हुन्छ । यस्ता ब्यक्ति राम्रा योजनाकार हुन्छन् ।

lip signs 3

साना र पातला ओंठः साना र पातला ओंठ हुने ब्यक्ति देखावटी स्वभावका हुन्छन् । यस्ता ब्यक्ति अरुलाई आकर्षित गर्न सिपालु हुन्छन् तर बुझ्दै जाँदा स्वभाव कपटी हुन्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ? (तस्विर सहित)

ओंठमा कोठीः जुन ब्यक्तिको ओंठमा कोठी हुन्छ त्यस्ता ब्यक्ति कामुक हुन्छन् । यस्ता ब्यक्तिले छिटो यौनिक ब्यवहार देखाउँछन् ।