२१ फागुन, ओखलढुंगा । ओखलढुंगाको कटुन्जे–८, बाबिया गाउँमा भीषण आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ ।

dadeldhura-aaglagi

फाइल फाेटाे

विहान करीव १० बजेबाट सुरु भएको आगलागीबाट कटुन्जे ८ का युबराज कटुवाल, गणेशबहादुर कटुवाल, मानबहादुर कटुवाल, रमेश कटुवाल र यग्यबहादुर कटुवालको घर जलेर नष्ट भएको हो ।

प्रहरी र स्थानीय बासिन्दाले झण्डै ८ घण्टा पछि नियन्त्रणमा लिएका छन् । क्षतिको पूर्ण विवरण आइनसकेको र आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।