sex bujhera

यौनका विषयमा धेरैलाई चासो हुने गर्छ । जीवनको आधारभुत पक्ष मानिने सेक्स अर्थात् यौनसँग जोडिने कुराहरूलाई मानिसले निकै चाख दिएर हेर्ने गरेका छन् । 

सेक्सकै विषयलाई लिएर बेला-बेलामा विभिन्न खाले सर्वेक्षणहरू गरिने गर्छ । यस्तै सेक्सको विषयलाई मुख्य विषय बनाएर भर्खरै गरिएको एक अध्ययनले सेक्सका सम्बन्धमा नयाँ तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययनले बेलायती पुरूष तथा महिलाहरूले अन्य देशका पुरूष तथा महिलाभन्दा धेरैसँग यौन सम्बन्ध राख्ने गरेको तथ्य खुलेको छ ।

उक्त सर्वेक्षणमा एक बेलायती पुरूषले आफ्नो जीवनमा सरदर १७ महिलासँग यौन सम्पर्क गर्ने गरेको र एक महिलाले १० पुरुषसँग यौन सम्पर्क गर्ने देखाएको छ । १४ प्रतिशत बेलायतीले दुई प्रेमीसँग एकसाथ रमाइलो गर्ने चाहना राखेको खुलेको छ ।  अध्ययनले एक तिहाइ बेलायतीले कम्तीमा एक पटक भाइब्रेटर वा वयष्क खेलौना प्रयोग गर्ने गरेको देखाएको छ ।

 

यस्तै, डच पुरुष सरदर १२ महिलासँग सुत्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ भने डच महिला ६ पुरुषसँग । ग्रिसका पुरूषहरूले जीवनमा ३० महिलासँग सम्पर्क गर्ने गरेको पनि यो अध्ययनले खुलासा गरेको छ । जबकी २७ प्रतिशत आइरिस, २५ प्रतिशत पर्तुगाली र १४ प्रतिशत चिनियाँले यस्ता खेलौना प्रयोग गरेका छन् । 

तर नयाँ यौन पार्टनरसँग कन्डमविना यौनसम्पर्क राख्ने बानीले गर्दा ५० प्रतिशत बेलायतीमा यौनरोग र योजनाहीन गर्भको सम्भावना रहने गरेको पनि अध्ययनमा बताइएको छ । त्यसैगरी, ४० प्रतिशत अमेरिकी र ३५ प्रतिशत फ्रान्सेली युवा यौनसम्पर्कका बेला कन्डम लगाउन चाहँदैनन् जबकि ग्रिस, थाइल्यान्ड र दक्षिण कोरियामा यो आँकडा क्रमशः ६६, ६५ र ६५ प्रतिशत छ । बेडमा नयाँ प्रयोग गर्नेमा बेलायती निकै अगाडि छन् ।