१ माघ, एजेन्सी ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको बृहत स्वास्थ्य कार्यक्रम ओबामा केयर विफल बनाउने विषयमा अमेरिकाको प्रतिनिधि सभामा छलफल शुरु भएको छ । बहुमत सदस्य रहेको रिपब्लिकन पार्टीले हाउस अफ रिप्रेजेन्टिभमा नयाँ कानुन पारित गर्दै डेमोक्रेट पार्टीको बाधालाई हटाएको छ ।

ओबामा केयरको स्थानमा रिपब्लिकनहरुले नयाँ कानुन ल्याएर प्रतिस्थापनको व्यवस्था गर्ने बताइएको छ । ओबामा केयरमा समस्या रहेको भन्दै नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सस्तो स्वास्थ्य योजना प्रस्ताव यसअघि नै अघि सारेका छन् ।

obama-trump-15285478

२ करोड अमेरिकीका लागि उपलब्ध गराईएको स्वास्थ्य सेवा सम्बन्धी ओबामा केयरका बारे ट्रम्पले राष्ट्रपति निर्वाचनदेखि नै विरोध गर्दै आएका थिए । हाउस अफ रिप्रेजेन्टिभको पछिल्लो छलफलले आफ्नो कार्यकालको अन्तिम सातामा रहेका राष्ट्रपति ओबामाको महत्वाकांक्षी योजना विफल उन्मुख भएको देखिएको छ ।

काम गर्ने स्थानले स्वास्थ्य सेवा नव्यहोरेको खण्डमा ओबामा केयरले अमेरिकी जनताको स्वास्थ्य सम्बन्धि खर्च बेहोर्ने गरेको छ ।