६ कात्तिक, होस्टन । अमेरिकामा आँधीबाट प्रभावितहरुका लागि सहयोग सङ्कलनका लागि शनिबार राती आयोजित सांस्कृतिक कार्यक्रम (कन्सर्ट)मा अमेरिकाका पाँच जना पूर्वराष्ट्रपति पनि सहभागी भएका छन ।

तस्विर: एजेन्सी

रात्रीकालिन सांस्कृतिक कार्यक्रम (सन्सर्ट)मा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओवामा सहभागी भएका हुन ।

कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थीत हुनुभएको थिएन । तर उनले कार्यक्रमका लागि पठाएको भिडियो सन्देशमा तुफानबाट पीडितहरुलाई सहयोगका लागि देखाएको सक्रियताप्रति पूर्वराष्ट्रपतिहरुलाई धन्यबाद दिएका छन ।

अमेरिकी राज्य टेक्सासको होस्टनदेखि झण्डै १४० किलोमिटर उत्तरपश्चिमी क्षेत्रमा रहेको ए एण्ड एम युनिभर्सीटीमा ‘एक अमेरिकी आग्रह’ नामक कार्यक्रम शनिबार राति आयोजना गरिएको थियो ।

गत अगस्त २५ मा टेक्सास गल्फ कोस्टमा आयोजित आँधीबाट प्रभावितहरुको सहयोगका लागि कोष बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । सो आँधीमा परी ८० भन्दा धेरै जनाको मृत्यु भएको थियो । साथै यसबाट निकै ठूलो जनधनको क्षति हुन पुगेको अधिकारीहरुले जनाएका छन् ।