एजेन्सी । अभिनेता राणा दुग्गुबाती र अभिनेत्री तापसी पन्नुको बुहुप्रतिक्षित फिल्म ‘द गाजी अट्याक’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मलाई यस कारण विशेष  मानिएको छ, दिवांगत अभिनेता ओम पुरी अहम भूमिकामा छन् ।

the-ghazi-attack

यो फिल्म भारतकै पहिलो यस्तो फिल्म हो जुन समूद्र युद्धमा आधारत छ । बलिउडका फिल्म निर्माता करण जोहर, एए फिल्म्स, मैटिनी एन्टरटेन्मेन्ट र पीवीपी सिनेमाको संयूक्त निर्माण रहेको छ ।

संकल्प रेडड्ीको निर्देशन रहेको यस फिल्म पाकिस्तानी पाजीजहाज ‘पीएनएस गाजी’मा आधारित छ, जसमा रहस्यमय तरिकाले कसरी पानीजहाज डुब्यो भन्ने कुरालाई दर्शाएको छ । यो फिल्म १७ फेब्रुअरीबाट रिलिज हुनेछ ।