९ भदौ, रियो डि जेनेरियो ।
रियो डि जेनेरियोमा भएको ओलम्पिक खेल अन्तर्गत गत मङ्गलबार एकै दिनमा एक लाख ३३ हजार वटा टिकट बिक्री गरिएको समाचार छ ।

दिनहूँजसो विक्री भइरहेको टिकटमा यो सबैभन्दा धेरै हो । ओलम्पिक खेल आयोजक अधिकारीहरुले यो नै यस ओलम्पिकको एकै दिनमा सबैभन्दा धेरै टिकट बिक्री भएको तथ्यांक हो ।

यस ओलम्पिक खेलमा छ लाख वटा टिकट बिक्री भएको पनि ओलम्पिक अधिकारीहरुले जानकारी दिएका छन् ।