काठमाडौं ।

भारत भ्रमणका क्रममा हुन नसकेको कुरा ओलीको चीन भ्रमणमा हुने भएको छ । ठिक एक महिना अघि भएको ओलीको चीन भ्रमणमा संयुक्त बक्तब्य आउन सकेको थिएन । यसकै आधारमा ओलीको भारत भ्रमण जतिसुकै सफल भएको दावी गरिएपनि भारतसँग सम्बन्ध सहज नभएको स्पष्ट देखिएको थियो ।

चीनले नेपाललाई दिएको सबैभन्दा ठूलो उपहारः अव भारतीय नाकान्दीमा समेत असर नपर्ने

दिल्लीमा रहँदा देखि मुम्बइ यात्रा र फर्केर काठमाडौं आइपुग्दा पनि ओलीले एउटा कुरा दोहोर्‍याइरहेका थिए, “भारत र नेपालबीच अब समझदारी हट्यो, मेरो भ्रमण सफल भो” । तर उनले भारतको नरेन्द्र मोदी सरकारसँग स्पष्टरुपमा समझदारी बनाउन सकेनन् भन्ने कुरा संयुक्त बक्तव्य आउन नसक्नुबाटै छता छुल्ल भैसकेको थियो । चीन भ्रमणमा भने यो विषयमा सफलता हासिल गरेका छन् । चीन भ्रमणका क्रममा नेपाल र चीनबीच संयुक्त बक्तब्य आउने निश्चित भएको छ । यो नै भारत भ्रमण भन्दा चीन भ्रमण एक कदम अगाडी रहेको र यो सफल भएको प्रमाण हो ।

Oli in china 1
नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र यसै समयमा १० बुँदे सम्झौताको हस्ताक्षरलाई समेटेर चीन र नेपालले बुधबार बक्तब्य जारी गर्ने भएका छन् ।

नेपालमा चीन के चाहन्छ- चिनियाँ प्रधानमन्त्रीको जवाफ

ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङ्को उपस्थितिमा भएका केरूङ काठमाडौं तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण, माथिल्लो अरूण परियोजनाको निर्माणलगायतका विषयहरू संयुक्त बक्तब्यमा आउने बताइएको छ ।

Oli in china 2

नेपाल र चीनबीच यातायात पारवहन सम्झौता सहित स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । त्यस्तै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि चीनसँग ऋण सम्झौता पनि भएको छ । साथै चीनले नेपालमा ग्यास तथा तेल अन्वेषणमा सहयोग पुर्‍याउन सहमति जनाएको छ । त्यस्तै हिल्सा पुल निर्माण गर्न पनि चीनले सहयोग गर्ने सहमति भएको छ । द्धिपक्षिय छलफल र सम्झौताको संयुक्त वक्तव्य बुधबार मात्र आउने छ ।

चीनको बन्दरगाहमा पहुँच
अहिले सम्म भारतीय समुन्द्री बन्दरगाह सम्म मात्र पहुँचका कारण एकलौटी निर्भरतामा रहेको नेपाललाई अव चीनले पनि बन्दरगाह सम्म पहुँच दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोश्रो दिन बेइजिङमा भएका सम्झौतामा चीनले नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौता सहित विभिन्न महत्वपूर्ण विषय छन् । चीनले हिल्सामा पुल बनाइदिने छ भने नेपाललाई समुन्द्र सम्मको पहुँच दिने छ ।

Oli in china 3

यो सम्झौताले भारतमाथिको एकलौटी निर्भरता तोडिएको छ । यस अघि नेपाल भारतीय बन्दरगाहमा मात्र निर्भर रहेका कारण भारतले नाकाबन्दी गर्दा अन्य देशसँगको ब्यापार पारवहन समेत प्रभावित भएको थियो । अव यस्तो अवस्था आएमा पनि भारतबाहेक अन्य देशसँगको ब्यापार पारवहन कायम राख्न नेपाल सक्षम हुनेछ । चीनले समेत यो सम्झौतालाई महत्पूर्ण र ऐतिहासिक भनेको छ ।

नेपालमा रेल सञ्जालः भारतको अर्को टाउको दुखाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई नेपालमा रेल सञ्जाल निर्माण गरिदिन आग्रह गरेका छन् । चीनको सीमा सम्म रेल ल्याएर नेपालसँग जोड्न र नेपालको आन्तरिक रेल सञ्जालका लागि समेत ओलीले चीनलाई आग्रह गरेका हुन् । नेपालमा चीनले रेल सञ्जाल बनाइदिने प्रस्ताव गरे लगत्तै भारतले पनि नेपालमा रेल सञ्जाल बनाउने इच्छा देखाउँदै आएको छ । ओलीले राखेको प्रस्ताव स्वीकृत भएमा नेपालको रुप रेखा बदलिने मात्र होइन भारत र चीनबीच नेपालीमा रेल क्षेत्रमा लगानी गर्न हानाथाप हुने अवस्था समेत आउने देखिएको छ ।

संविधानलाई खुला स्वागत
शुरुमा भारतविरोधी अभिब्यक्ति दिने उग्र वातावरण बनाएर पछि झुकेरै भारत नै पहिलो भ्रमण हुनु पर्ने अवस्थामा मोदी सरकारले ओली सरकारलाई पुर्‍याएको थियो । विडम्बनाको कुरा त भारत झुकेको भनेर भारत गएका ओलीले दुई देशबीचको असमझदारी हटेको भन्दै दर्जनौं पटक दोहोर्‍याउँदा पनि भारतीय पक्षबाट एक पटक पनि उक्त शब्दावली प्रयोग भएन ।

चीनसँग ओलीले गरे भारतको टाउको दुखाउने प्रस्ताव

नेपालको संविधानलाई ऐतिहासिक उपलब्धी भनेपनि कार्यन्वयनको भूत देखाएर भारतले यसलाई स्वागत गर्न कन्जुस्याइँ गरेको थियो । यद्यपी ओलीसँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली ले नेपालमा बनेको संविधान र संविधान निर्माणको प्रक्रियाको पनि प्रशंसा गरेका छन् । चीन नेपालमा राजनीतिक स्थायित्व र समृद्धीको पक्षमा रहेको उनको भनाइ छ। यो पनि चीन भ्रमणमा ओलीको सांकेतिक जित हो । यस अर्थमा ओलीको चीन भ्रमण भारत भ्रमण भन्दा एक कदम अगाडी देखिएको छ । यद्यपी ओलीले भने जस्तो चिनियाँ लगानी नेपाल भित्र्याउन भने नेपालले ठूलै मेहनत गर्नु पर्ने देखिन्छ ।

तस्विर सौः सिसीटिभी