टिप्पणी/प्रयास पराजुली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको विरुद्ध अप्रत्यासित रुपमाा दर्ता भएको महाअभियोग प्रस्तावले राजनीतिमा निकै ठूलो तरङ्ग ल्याएको छ । घरदेखि चोकसम्म । चोकदेखि संसदसम्म लोकमानकै चर्चा छ । लोकमा लोकमान निकै चर्चा र बहसको पात्र बनेका छन् । खिलराज नेतृत्वको मन्त्रिपरिषद्ले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको थियो । नियुक्त गर्नको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले नै संयुक्त रुपमा सिफारिस गरेका छन् । प्रमुख भएपछि कार्कीले ठूलो माछा समातिने गफ दिन छोडेनन । तर ठुलो माछा समात्ने प्रतिबद्धता अनुसार कार्कीले काम गर्न सकेनन । कार्कीले आफ्नो विरोध गर्नेलाई अनेक हतकण्डा अपनाएर दुःख दिने काममा बढी समय विताए ।

राजनीतिमा तरंग ल्याउने ओली-प्रचण्डको अर्को एक गोप्य भेट

सार्वजनिक पद धारणा गरेपछि पनि कार्कीले लोकमा आफू भन्दा शक्तिशाली अरु कोही नभएको दम्भ र घमण्ड पाल्दै आए । कार्कीले ठूलो माछा समात्नुको सट्टा अख्तियारका कर्मचारीलाई पैसा दिएर पठाउने र सोझा सादा खरदारलाई फसाउने काम बाहेक उल्लेखनिय काम गर्न सकेनन । कार्कीको कार्यशैलीको विरोध गर्नेहरुलाई सात पुस्ता पत्ता लगाएर दुःख दिने कामलाई आफ्नो बहादुरी ठाने । कार्कीको विरोध गर्ने एमालेका एक दर्जन भन्दा बढी नेताहरुलाई कार्कीले पत्र थमाए । लोकमानको विरोध गर्नेहरुलाई कार्कीले खोजी खोजी छानी छानी पत्र काटने काम गरे । यो नै कार्कीको लागि अभिषाप बन्न पुग्यो । कार्कीले प्रमुखको जिम्मेवारी सम्हाले यता एउटा पनि गतिलो र जनताको मन जित्ने गरी भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने काम गर्न सकेनन । ठूलो माछा समात्न हाँक त दिए तर व्यवहारमा आम नागरिकहरुले हेर्न पाएनन ।

kp oli prachanda sher bahadur deuwa

प्रचण्डलाई खुत्रुकै पार्ने ओलीको प्लान सफल
प्रचण्ड नेतृत्वमा सरकार बनेपछि एमाले अध्यक्ष केपी ओलीले सक्दो विरोध गर्दै आएका छन् । आलोचनाको त सीमा नै छैन । प्रधानमन्त्री प्रचण्डले फकाउन अनेक उपाय लगाएपनि ओली वालुवाटारको दैलोमा टेकेका छैनन् । प्रचण्डले बोलाउने बैठकमा उपाध्यक्षहरु र नेताहरुलाई पठाउने गरेका छन् । ओली स्वस्थ्य छन् । तर वालकोटबाट वालुवाटार जाने जाँगर देखाएका छैनन् । ओली जसरी पनि प्रचण्डलाई गलाउने थकाउने रणनीतिमा थिए र छन् । प्रचण्ड भारतको गोवा भ्रमणमा गएपछि यता ओलीले राम्रै योजना बनाए । फलाम काटनको लागि फलाम नै चाहिन्छ भनेझै ओलीले प्रचण्डको विरुद्धमा माओवादीका नेताहरु प्रयोग गराएर अप्ठ्यारोमा पार्ने योजना बनाए । जुन योजना लोकमान कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता मार्फत सफल भएको छ । ओली आफैले नेतृत्व गरेर माओवादीका सांसदलाई पनि साथ लिन सफल भए । जसले माओवादीभित्र नै नयाँ विवादको जन्म गरायो भने सत्तासमिकरणमा नै गम्भीर संकट पैदा गरायो ।

लोकमानको नाममा कुनै ब्यक्तिको भ्रष्टाचार ढाकछोप नहोस्- नयाँ शक्ति

देउवालाई फकाउन नसक्दा तनाबमा प्रचण्ड
महाअभियोग प्रस्तावको बारेमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सैद्धान्तिक सहमति भएको थियो । सोही सहमति अुनसार सबैले आ–आफ्नो पार्टीमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने सैद्धान्तिक सहमति गरेका थिए । तर प्रचण्ड र देउवा बाहिरिनासाथ ओलीकै नेतृत्वमा कार्कीको विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भयो । जुन कुराले सबैभन्दा बढी अप्ठ्यारोमा प्रधानमन्त्री प्रचण्डलाई बनायो । कार्कीलाई हटाउने सोचमा माओवादी छदै थियो । तर कार्कीलाई हटाउनको लागि एमालेले बुनेको योजना माओवादीका सांसदहरुले सहज रुपमा बुझ्न सकेनन । महाअभियोग प्रस्ताव दर्ताभएपछिको तरङ्ग पछि मात्र प्रचण्ड झस्किए । किनकी देउवाले असन्तुष्टि व्यक्त गरेपछि प्रचण्ड सबैभन्दा बढी अप्ठ्यारोमा परे । प्रस्ताव दर्ता नै भएकाले यसबाट ब्याक हुन प्रचण्ड र देउवा दुवैको लागि निकै गाह्रो छ । तर देउवाले मुख खोल्न गाह्रो मानेपछि फकाउनको लागि प्रचण्ड देउवा निवास बुढानिकण्ठ नै पुगेका छन् । तर देउवाले सकारात्मक जवाफ प्रचण्डलाई अझै दिइसकेका छैनन् । प्रस्तावको बारेमा निर्णय लिनुको सट्टा काग्रेसले बैठक अझ तीन दिन स्थगित गरेका छ । यसबाट निकै आशंका गर्ने ठाउँको जन्म गराएको छ ।

देउवा रणनीतिः लोकमानको राजिनामा आएपछि मात्र मुख खोल्ने

देउवाको मौनताले जन्माएका प्रश्न
कार्की विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित गराउनको लागि दुई तिहाई बहुमत चाहिन्छ । जुन बहुमत कांग्रेसको साथ विना सम्भव छैन् । महाअभियोग दर्ता भएसँगै कार्की स्वतः निलम्बित भइसकेका छन् । तर विषयको गाम्भिर्यता बढ्दै गएको छ । लोकमान नियुक्तिको फाइल सर्वोच्च अदालतमा विचाराधिन छ भने यता संसदमा कार्कीको विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ । ओलीको योजनामा माओवादीका सांसदको साथ लिएर कांग्रेसका सांसदको हस्ताक्षर विना नै संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । देउवाले मुख खोल्न चाहेका छैनन् । प्रचण्डले भेटेरै सम्झाउदा पनि एक्लै निर्णय गर्न नसक्ने जवाफ दिएका छन् । महाअभियोग प्रस्तावको बारेमा निर्णायक दल कांग्रेस अझै स्पष्ट निर्णय लिन सकेको छैन् । कांग्रेस सभापति देउवाको मौनताको कारण कार्की हट्लान वा कायमै होला भन्ने धेरै शंका उपशंका जन्मिएको छ । देउवाले सकेसम्म कार्कीले पदबाट राजिनामा दिएपछि मात्र मुख खोल्ने भएका छन् ।

लोकमान सिंह कार्कीको आत्मकथा भाग- १