२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

आज ओलीको निर्वाचन क्षेत्र झापा ५ पर्ने दमकमा आयोजित चुनावी सभा सकेर प्रचण्ड ओलीको निवासमा पुगेका हुन् । ओलीको निवासमा प्रचण्ड पुगेको तस्वीर ओलीका स्वकीय सचिव अनिष दाहालले फेसबुकमा पोष्ट गरेका छन् ।

एक अर्काका कटु आलोचक रहेका ओली र प्रचण्ड बाम गठबन्धन बनेसँगै सँगै चुनावी अभियानका लागि देश दौडाहामा छन् । दुवै नेता आज झापामा बसेर भोली बाम गठबन्धनले काँकडभिट्टामा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।