१६ वैशाख, काठमाडौं।

संविधान संशोधन विधेयकमा सहमति जुटाउन कांग्रेस सभपाति शेरबहादुर देउवा ओली निवासमा पुगेका छन् । संविधान संशोधन विधेयक पारत हुने कि नहुने आशंका जन्मिएको बेला एमालेलाई मनाउन देउवाले ओली निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । प्रचण्डले एकै चरणमा जेठ ३१ गते नै स्थानी तहको निर्वाचन गर्ने गृहकार्य गरेपछि देउवा पार्टीका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहित ओली निवासमा पुगका हुन ।

ओली निवास बालकोटमा भएको छलफलमा एमाले अध्यक्ष ओली, पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल र कांग्रेसका सभापति देउवा, नेता पौडेल र सिटौला सहभागी थिए । कांग्रेस र एमालेबीच स्थानी तहको निर्वाचन, बजेट र संविधान संशोधन वियधेकको बारेमाा छलफल भएको ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

यो पढ्नुस्।

एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै