५ जेठ, काभ्रे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको चुनावमा काँग्रेस एमालेको हाराहारीमा आएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । बनेपा नगरपालिकामा विजय सभालाई सम्बोधन गर्दै ओलीले काँग्रेसले अहिले ल्याएको मत धेरै भएको टिप्पणी गरे ।

‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? ओलीले भने, एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ?’ काँग्रेस सिद्धान्त र बिचारबाट च्यूत भइसकेकोको भन्दै एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने ओलिको भनाई थियो ।