२६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

बज्राचार्य यसअघि स्वकीय सचिव थिए । केही नयाँलाई ओलीले सचिवालयमा तानेका छन् भने केहीलाई विदाई गरेका छन् । ओलीले प्रेस संयोजकमा चेतन अधिकारीलाई नियुक्त गरेका छन् ।

अधिकारी ओली प्रधानमन्त्री हुँदा पनि ओलीको प्रेस संयोजक थिए । यसैगरी ओलीले पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी हेर्ने गरी देवराज घिमिरे र संसद र विकास निर्माण हेर्नेगरी अनिष दाहाललाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

यो निर्णयसँग ओलीको सचिवालयमा कार्यरत अरुले विदा पाएका छन् ।