हेडलाइन्स वाच ।

हुनत संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो तर नेपाली राजनीतिको ड्राइभिङ फोर्स भने कांग्रेस सभापति देउवा होइनन् । बरु उनलाई कहिले एमाले अध्यक्ष केपी ओलीको एजेण्डा त कहिले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एजेण्डामा लागेर समिकरण बनाउनु पर्ने बाध्यता आइलाग्छ ।

चीनले भारतमा गर्‍यो अनौठो आक्रमणः सांकेतिक युद्ध शुरु भएको भारतीय मिडियाको घोषणा

पछिल्लो समय आफ्नै सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई मनाउनु अघी नै ओलीसँग साँठगाँठ गरेर अख्तियारप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने आकश्मिक निर्णयसँगै प्रक्रिया नै शुरु गरेपछि देउवा धर्म संकटमा परेका छन् ।

sher bahadur deuwa car walking

जानकारहरुका अनुसार देउवाले ग्रिन सिग्नल दिएपछि नै प्रचण्ड र ओलीले यो प्रस्ताव अघि बढाएको बताइन्छ । लोकमानको मुद्धामा आफ्नै गुट भित्रको विभाजन र पार्टी भित्र रहेका गुट उपगुटका तात्कालीन रणनीतिका कारण देउवालाई समस्या भएको विश्लेषकहरु बताउँछन् । लोमानविरुद्धको जनमतका कारण उनको पक्षमा उँभिन पनि नसक्ने तर लोकमानविरुद्धको महाअभियोग प्रस्ताव विपक्षी एमालेले नाटकीयरुपमा ल्याएका कारण लतारिएर समर्थन गर्न पनि कठिन पर्ने जटिल मोडमा देउवा छन् । उनको पार्टीले अहिले सम्म यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर देउवाले प्रचण्ड र ओलीलाई आफू लोकमानलाई हटाउने पक्षमै रहेको बताइसकेको श्रोतले दावी गरेको छ ।

जव देउवासँग ओली कड्किए

हिँजो (आइतबार) प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले देउवासँग छुट्टा छुट्टै भेटेर लोकमानविरुद्धको महाअभियोगबारे परामर्स गरेका थिए । लोकमानविरुद्ध महाअभियोग लगाउने विषयमा मनाउन देउवालाई भेट्न एमालेबाट ओली मात्र नभएर माधव नेपाल पनि छुट्टै पुगेका थिए । माधव नेपालसँगको कुराकानीमा देउवाले अस्पष्ट कुरा गरेपछि ओली आफै उनलाई भेट्न पुगेका थिए ।

Oli Deuwa different mission

भेटका क्रममा देउवाले लोकमानको विषयमा हल्ला नगर्न र पार्टीबाट आधिकारिक निर्णय नगरे सम्म आफू बोल्न नमिल्ने बताएपछि ओली कड्किएका थिए । भेटमा सहभागी एक नेताका अनुसार ओलीले महाअभियोग प्रस्तावमा आफूहरुलाई साथ नदिए सत्ता समिकरण भंग हुने र प्रधानमन्त्री प्रचण्डलाई एमालेले साथ दिने भन्दै चेतावनी दिएपछि देउवाले अहिले हल्ला नगर्न आग्रह गर्दै आफू अन्तिममा लोकमानलाई हटाउने पक्षमा निर्णय गराउने तयारीमा रहेको बताएका थिए ।

महाअभियोग प्रकरणः आङकाजीले ओलीमाथि उठाए ५ भयंकर सवाल

गत वर्ष बैशाख १२ को भूकम्पपछि एकाएक मिलेर नयाँ समिकरण बनाएका प्रचण्ड र ओलीबीचको समिकरण ओली सरकारसँगै ढलेको थियो । ओलीसँगको गठबन्धन टुटाएर आफूसँग प्रचण्डलाई ल्याएन सफल भएका देउवा महाअभियोग प्रकरणबाट भने झस्किएका छन् । प्रचण्ड पुन ओली समिकरणमै जाने र त्यसो भएमा आफू प्रधानमन्त्री बन्ने सम्भावना तुहिने भएका कारण देउवा संकटमा छन् । ओलीसँगको भेटमा उनले लोकमानलाई हटाउन आफू सहमत रहेको तर पार्टीबाट निर्णय गराउन मात्र कुरिरहेको जवाफ दिएका थिए ।

ओलीले अख्तियारले एमालेका केही नेताको राजनीति समाप्त पार्ने गरी प्रतिशोधात्मक कदम चाल्न लाग्दा पनि कांग्रेस रमिते बन्न खोजेको भन्दै आक्रोश समेत पोखेका थिए । देउवासँग रहेका नेताहरुलाई ओलीले चेतावनीको भाषामा भनेका थिए, “तपाइँहरुले सहयोग गर्नै पर्छ, यदि महाअभियोगमा सहयोग नगरे तपाइँको समिकरण टुट्छ, प्रचण्डलाई हामी साथ दिन्छौं” ।

ओलीले घुमाउरो भाषामा सत्ता समिकरण बदलिन सक्ने चेतावनी दिएपछि देउवाले भने लोकमानलाई हटाउने नै भएपनि त्यस विषयमा भाषण धेरै नगर्न ओलीलाई सुझाव दिएका थिए ।

एमाले र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव गर्दा गराएपनि कांग्रेस सांसदहरुको हस्ताक्षर छैन । देउवा र कांग्रेसका कतिपय सांसदले अख्तियार प्रमुखमाथि सर्वोच्च अदालतमै मुद्धा चलिरहेका कारण यस विषयमा ब्यवस्थापिकाले हस्तक्षेप गर्न नहुने तर्क समेत गर्ने गरेका थिए । आइतबार संसदमा प्रस्तुत भएको महाअभियोग प्रस्तावमाथि मंगलबार देखि छलफल शुरु हुनेछ ।

महाअभियोग घटनाक्रमः प्रचण्ड, ओलीबीच अर्को वान-टू-वान वार्ता

संसदको कार्यसञ्चालन नियमावली २०७३ मा संसद अधिवेशन चलिरहेका बेला संवैधानिक निकायका प्रमुख तथा सदस्यलाई महाअभियोग लगाउन कूल सांसदको एक चौथाई सांसदले सूचना दर्ता गरे सूचना दर्ता भएको एक साताभित्र संसदमा छलफल गर्नुपर्ने व्यवस्था छ। संसदमा भएको छलफललाई प्रस्तावका रुपमा महाअभियोग सिफारिश समितिमा लगिनेछ। सिफारिश समितिले प्रस्तावमा अध्ययन गरेपछि फेरि त्यसलाई संसदमा पेश गर्ने र संसदमा छलफलपछि निर्णयार्थ पेश गर्ने व्यवस्था छ । तर यसका लागि प्रमुख सत्तासाझेदार दल कांग्रेस भने तयार हुनु आवश्यक देखिन्छ । यसो नभए आफूहरुले ल्याएको महाअभियोग प्रस्ताव धरापमा पर्ने भएका कारण ओलीले महाअभियोगमा साथ नदिए प्रचण्डलाई आफूले साथ दिने भन्दै देउवालाई तर्साएका हुन् ।