१५ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यविधी बनाएर भूकम्प पीडितहरुलाई रकम उपलब्ध गराउने बताएका छन् । नेपाली कांग्रेसको माग सम्बोधन गर्न संसदमा उपस्थित भएका प्रधानमन्त्रीले दातृ निकायसँग सहमति गरेर नयाँ कार्यविधी बनाउने जानकारी पनि दिए ।

नयाँ शक्तिमा बाबुरामलाई चुनौती- अर्का भट्टराई पनि अध्यक्षका दावेदार

अहिले भूकम्प पीडितहरुलाई दिइएको अनुदान र सबै क्रियाकलाप अघिल्लो सरकारले बनाएको कार्यविधी अनुसार नै भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले अघिल्लो सरकारले ४ किस्तामा दिने भनिएको अनुदान रकम ३ किस्तामा दिने प्रावधान अघि सारेको बताए ।

PM KP oli speaking samsad

अहिले सम्म १२ अरव ४४ करोड भन्दा बढी रकम निकासा भूकम्पपछिको अनुदान र पुननिर्माणका लागि निकासा भएको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए ।

विप्लव र ओली आमने सामने हुने संकेत

बैंक खातामार्फत नै रकम उपलब्ध गराउनु पर्ने लगायतका प्रावधान र कानूनी जटिलताका कारण समस्या भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

विचमै अड्किए ओली…

विवरण सहित प्रस्तुत भएका प्रधानमन्त्री ओली बोल्दा बोल्दै विचमा अड्किएपछि सांसदहरु मुखा-मुख गर्दै हाँसेका थिए । यस अघि नहेरी भाषण गर्ने आज भने कागजी विवरण हेर्दै संसदमा प्रस्तुत भएका थिए ।

हातमा कागज लिएर बोल्ने क्रममा ओलीले विवरण हेर्दै अड्किर भाषण गरेका थिए । उनले विवरण हेरेर काम भैरहेका फेहरिस्त प्रस्तुत गर्न खोजेको देखिन्थ्यो ।

प्रधानमन्त्री संसदमा उपस्थित हुनु अघि प्रमुख तीन दलबीच दातृ निकायसँग सहमति हुन सकेमा भूकम्प पीडितले डेढ लाख दिने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति भएको हो ।

मधेशी दलका सांसदहरुले भने ओलीको सम्बोधन अघि संसद बहिस्कार गर्दै बाहिर निस्केका थिए ।

यसैबीच प्रधानमन्त्रीले संबोधनबाट प्रतिपक्षीको सन्तुष्ट भएको भन्ने आशय ब्यक्त गरे लगत्तै कांग्रेसी सांसदहरुले उठेर नियमापत्ति गरेका छन् । आफूहरुले राखेको कुरा नआएको भन्दै कांग्रेसी सांसदहरु उठेर विरोध जनाएका हुन् ।