२७ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीन वटै निकायको निर्वाचन गर्ने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति भइसकेको दावी गरेका छन् ।

डोनाल्ड ट्रम्पलाई जवाफी सन्देशः चीनले पठायो बम्बर विमान

नेविसंघले सोमबार काठमाडौंमा गरेको जहा बिद्यार्थी त्यहा नेविसंघ अभियानको उद्घाटन गर्दे सभापति देउवाले संसारभर क्यालेन्डरअनुसार समयमा चुनाव हुने र सत्ता परिवर्तन हुने भएकाले नेपालमा पनि तोकिएको समयमा निर्वाचन गर्नैपर्ने बारेमा ओलीसँग सहमति भएको दावी गरेका हुन् ।

sher-bdr-deuba-nc

फाइल तस्विर

देउवाले ओलीसँगको भेटमा मधेसी पनि कोहीभन्दा कम राष्ट्रवादी नभएको बताउँदै पछिल्लो समयमा एमालेले गरेको क्रियाकलापले ध्रुविकरण बढाएकाले रोक्न आग्रह गरेको बताए ।

प्रचण्ड छोडेर कमल थापातिर किनः एक वाक्यमा रेखाको जवाफ

उनले निर्वाचनका लागी राष्ट्रिय सहमति हुने बताए । संबिधान संसोधन प्रस्तावमा एमालेले सहयोग गर्ने र प्रस्तावमा सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा. प्रकाश शरण महतले सडकमा राष्ट्रियताको नारा लगाएर मात्र केही नहुने बताउँदै राष्ट्रियताको कुरा उठाउनुपर्ने ठाउँमा आफूले उठाएको बताए ।