२ फागुन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

फाइल तस्बिर

संविधान संशोधन, निर्वाचन, सरकारले नियुक्त गरेको नेपाल प्रहरीको नयाँ आइजिपी लगायतको बारेमा पार्टीको धारणा तय गर्न अध्यक्ष ओलीले बैठक बोलाएका हुन् ।

ओलीले आफ्नै निवास भक्तपुरस्थित वालकोटमा बोलाएको बैठकमा केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको कुराकानी जानकारी गराउने सचिवालयले बताएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले भने यही फागुन ४ र ५ गते बस्ने पोलिटब्यूरोको बैठकको एजेण्डा तय गर्नको लागि अध्यक्षले बैठक बोलाएको बताए ।

यो पढ्नुस।

दुनियाँलाई चकित पार्दै सरकारलाई चुनौती दिने पार्देलाई सलाम !

आइजीपी नियुक्तिमा देउवाको दादागिरी