१६ फागुन, एजेन्सी।

विश्वकै सबैभन्दा ठूलो फिल्म पुरस्कारको सबैभन्दा ठूलो पुरस्कार विधा र विजेता घोषणा गर्दा सबैभन्दा ठूलो गल्ती।

ओस्कारको इतिहासमा २७ फेब्रुअरी २०१७ खास दिनको रुपमा सम्झिइने छ।

फिल्म ‘मुनलाइट’लाई एकेडेमी अवार्डमा उत्कृ्ष्ट फिल्मको अवार्ड मिल्यो । तर वास्वतिक ड्रामा यो भन्दा ठिक पहिले भयो।

मञ्चमा फे डनअवे र वारेन बीटी उपस्थित थिए। बीटीले माहौल बनाउ र उत्सुकता बढाउन पुरै कोसिस गरे। अन्तत: फे ले उत्कृष्ट फिल्मको लागि ‘ला ला ल्याण्ड’को नाम घोषणा गरिदिइन।

यो पढ्नुस् : ८९ औँ ओस्कार अवार्ड कार्यक्रम, हेर्नुस् १९ तस्बिरमा

जब ‘ला ला ल्याण्ड’ को पुरै टिम पुरस्कार लिन स्टेजमा पुग्यो तब फिल्मका एक निर्माताले माइकमा भने, ‘मूनलाइटले पुरस्कार जितेको छ… र यो कुनै मजाक होइन’

अनि लस एन्जल्सको डब्ली थिएटरमा हंगामा मच्चियो। गल्ती भएको थाहा भएपछि बीटीले अवस्था सम्हाल्ने कोसिस गरे।

यसपश्चात बीटीले भने, ‘म तपाईहरुलाई भन्न चाहन्छु कि वास्तवमा भएको के हो। मैले जब पत्र खोले तब त्यसमा लेखेको थियो एमा स्टोन, ला ला ल्याण्ड। त्यसैले मैले फे अनि तपाइहरु तर्फ निकै बेर घुरे। मैले मजाक गर्ने कोसिस गरेको थिइन।’

किमले गल्तीलाई मजाक बनाए

समारोहमा सहभागी जिम्मी किमलले मजाक गर्दै भने, ‘म यसको लागि स्टिभ हार्वेलाई जिम्मेदार ठहर्याउँछु’। हार्वेले मिस युनिभर्स समारोहमा गलत विजेताको नाम पढेका थिए।

बीचमा जिम्मी

गल्ती भएको थाह भएपछि समारोहमा उपस्थितहरुले मुनलाइटलाई बधाई दिए, तालीले थिएटर गुञ्जयमान भयो।

अब प्रश्न उठ्छ कि यो गल्ती कसले गर्यो ? फे र बीटीले वा सो पत्र उनीहरुको हातमा थम्याउनेले ?

चर्चा त यो छ कि जुन पत्रबाट बीटी र फेले ला ला ल्याण्डको नाम पढे सो उत्कृष्ट फिल्मको लागि नभइ उत्कृष्ट नायिकाको लागि थियो।

गल्ती कसको ?
र उत्कृष्ट नायिकाको अवार्ड एमा स्टोनले ‘ला ला ल्याण्ड’को लागि पाइन। बीटीले पनि आफ्नो सफाइ दिदै यहि बताएका थिए।

यो घटनामा तीन व्यक्ति महत्वपूर्ण छन्। जिम्मी किमल, वारेन बीटी र फे डनअवे।

जिम्मी किमल

४९ वर्षिय जिम्मी किमल अमेरिकाी टेलिभिजन होस्ट, निर्माता, लेखक तथा कमेडियन हुन । उनले सन् २०१२ र २०१६ मा प्राइमटाइम एमी अवार्ड पनि होस्ट गरिसकेका छन्। तर सन् २०१७ मा ओस्कारको यो उनको पहिलो होस्टिङ सधै याद गरिनेछ।

वारेन बीटी
हेनरी वारेन बीटी अमेरिकी अभिनेता र फिल्म निर्माता हुन। ७९ वर्षका बीटी १४ पटक ओस्कार नोमिनेसनमा परेका छन्। नोमिनेसन ४ पटक उत्कृष्ट नायक, ४ पटक उत्कृष्ट फिल्म र २ उत्कृष्ट निर्देशकको लागि भएको हो।

बीटी एक्लो यस्ता व्यक्ति हुन जो एउटै फिल्मको लागि अभिनय, निर्देशन, लेखन र निर्माणकोलागि दुई पटक ओस्कार छनोटमा परेका थिए।

सन् १९९९मा उनलाई एकेडमीको सर्वोच्च सम्मान इर्विंग जी थालबर्ग अवार्ड प्रदान गरिएको थियो। यसको साथै उनी गोल्डेन ग्लोब अवार्डका लागि १८ पटक नोमिनेशनमा परेका छन् र ६ पटक जितेका छन्।

फे डनअवे
उत्कृष्ट फिल्मको नाममा ‘ला ला ल्याण्ड’ को नाम पुकार्ने फे ७६ वर्ष पुगिन। उनी अमेरिकी नायिका हुन र आफैले पनि ओस्कार जितिसकेकी छिन्।

साथै उनले तीन गोल्डेन ग्लोब, एक बाफ्टा, एक एमी र लियोपर्ड क्लब अवार्ड जितेकी छिन्।

सन् १९६७ को फिल्म ‘ह्यापनिङ’ उनको पहिलो फिल्म थियो। तर उनले पहिचान पाएकी फिल्म बोनी एन्ड क्लाइडको लागि उनलाई ओस्कारको लागि छनोट गरिएको थियो।

८९ औँ ओस्कार अवार्डमा भएको गडबड पछाडी यीनै ३ मध्ये कसैको हात छ। तर यो कसैले पनि स्पष्ट भन्न सक्दैन। गल्ती कसैले पनि गरेको होस् तर देखिनेमा यीनै तीनको अनुहार अगाडी आउँछ।

हेर्नुस् भिडियो,

यो पढ्नुस्।

अंग्रेजी नजान्ने यी ठिटो ओस्कारमा कसरी पुगे ?