प्रयास पराजुली ।
प्रमुख प्रतिपक्ष दल एमालेले सरकार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पेश गर्न नदिने अडान सहित चालिस दिन संसद चल्न दिएन । सर्वोच्च अदालतको फैसलापछि एमाले संसद खोल्न दिन राजि भयो । तर उपाध्यक्ष भीम रावलले प्राप्त गरेको गोप्य सूचनालाई आधार मान्दै पुनः संसद चल्न नदिने निष्कर्षमा पुगेको थियो ।

तीन दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीले संसद सुचारु गर्न राजि भएका थिए । आफ्नो अडानलाई लत्याउदै संसद चल्न दिएर पार्टी राजनीतिलाई नै धरापमा पार्ने काम गरेको भन्दै ओलीमाथि माधवकुमार नेपाल पक्षधर नेताहरु खनिएका छन् । ओलीलाई अडान लिनसक्ने नेताको रुपमा चित्रित गरेपनि तीन दलबीच भएको छलफलमा ओलीले अडान छोडको आरोप उनीमाथि नेपाल पक्षधरले लगाएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्ड नेतृत्वको सरकार आगामी मंसिरसम्म पक्का !

ओलीलाई उचालेर पछार्ने दाउमा नेपाल
एमालेभित्र आन्तरिक रुपमा माधवकुमार नेपाल पुनः शक्तिमा आउन चाहेका छन् । संविधान संशोधन विधेयकको विरुद्धमा ओलीलाई अगाडि बढाएर नेपालले पनि साथ दिएका थिए । राजनीतिक घटनाक्रममा नैतिक जिम्मेवारी भने पार्टी अध्यक्ष भएको नाताले ओलीले नै लिनु पर्ने भएकाले ओलीको पछाडि नेपाल पक्षधरहरु पनि खुलेर लागेका थिए ।

ओलीले भने, ‘मेलै नै संसदको अवरोध हटाएको हुँ’

नेपाल पक्षधर नेताहरुले निकै योजनाबद्ध रुपमा ओलीलाई अगाडि सारेर मधेसी मोर्चालाई गाली गर्ने कदममा साथ दिएका थिए । ओली रानजीतिक रुपमा संकटमा पर्दा पार्टीमा नेतृत्व हत्याउने दाउमा नेपाल रहेका छन् ।

राष्ट्रिय स्वाभिमान उच्च बनाउछु, भारतसँग झुक्दिनः प्रधानमन्त्री ओली

ओलीमाथि प्रश्नै प्रश्न
संविधान संशोधन विधेयक संसदमा पेश गर्न दिने ओलीको कदमले एमालेभित्र प्रश्न नै प्रश्न जन्माएको छ । चालिस दिनसम्म संसद अवरुद्ध गरेर अडानमा कायम राख्न नसकेको भन्दै नेपाल पक्षधर नेताहरुले अध्यक्ष ओलीको आलोचना गरेका छन् । एमालेका एक सांसदले भने,‘पार्टीको लाइन अनुसार चालिस दिन संसद अवरुद्ध गरियो अन्तिममा हातलाग्यो शुन्य भयो ।’ संसद अवरुद्ध गरेको औचित्य पार्टीले पुष्टि गर्न नसक्दा जनतामा ठूलो भ्रम परेको बताउदै ती सांसदले यसको नैतिक जिम्मेवारी नेतृत्वले दिनुपर्ने बताए । लामो समय संसद अवरुद्ध गर्दा पार्टीले अबलम्बन गरेको लोकतान्त्रिक विधि र प्रक्रियामाथि नै प्रश्नचिन्ह खडा भएको विषय पनि ओलीमाथि लागेको छ ।

पेलेर र ठेलेर समस्याको हल हुँदैन: प्रचण्ड

ओलीको विरुद्ध गोप्य सूचनाको अस्त्र
राष्ट्रपतिले बोलाएको पाँच दलको बैठकमा गोप्य सूचना भन्दै भीम रावलले पेश गरेको सूचनाले पनि एमालेलाई निकै संकटमा पारेको छ । कतैबाट पनि सूचना पुष्टि हुन नसकेपछि ओलीमाथि संकट सृजना गर्न माधव नेपाल गुटले चालेको कदम भएको निष्कर्ष ओली पक्षले निकालेको छ । गत महाधिवेशनमा रावलले माधव नेपालबाट उपाध्यक्ष जितेका थिए । नेपाल पक्षको योजना बुझेर ओलीले संसद सुचारु गरेको ओली निकट एक नेताले बताए । उनले भने,‘देश र जनताको आवश्यकता बुझेर अध्यक्षले निर्णय लिनु भएको हो ।’

गोप्य सूचनाले तनाबमा भीम रावल