२ बैशख, काठमाडौं । उपचारका लागि थाइल्याण्ड गएका अध्यक्ष केपी ओली फर्कन ढिला हुने भएपछि नेकपा एमालेले केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

एमालेले स्थानीय चुनावका रणनीति र उमेद्बार चयनबारे छलफलका लागि भोलीदेखि केन्द्रीय समिति बैठक बोलाएको थियो ।

अध्यक्ष ओली फर्कन अझै दुई चार दिन लाग्ने भएपछि अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्ष ज्यू केही आराम गर्न पर्ने भएकोले अझै केही दिन लाग्ने भएको छ, श्रेष्ठले भने, उहाँ आएको दुई दिन भित्रै बैठक बस्छ ।’

ओली उपचारका लागि गत शनिबार थाइल्याण्ड गएका हुन् । उनी एक हप्तामा फर्किने भनिएपछि केन्द्रीय समिति बैठक भोलीका लागि डाकिएको थियो । मृगौला प्रत्यारोपण गरेपछि ओली फलोअप उपचारका लागि थाइल्याण्ड गइरहेका छन् ।