१५ असार, कञ्चनपुर ।

कञ्चनपुरका केही स्थानीय तहमा अझैसम्म मतगणना सुरु हुन सकेको छैन । कञ्चनपुरको बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भिमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकामा अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो ।

बेलौरी नगरपालिकामा बसेको सर्वदलिय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको छ । मतदानको समयमा बेलौरी नगरपालिका वडा नं. ३ मा रहेको पुष्पलाल स्मृति विद्यालय मतदान स्थलमा धाँधली भएको भन्दै नेकपा माओवादी केन्द्रले हिजो साँझ देखि नै बैठकमा बस्न नमाने पछि मतगणना हुन नसकेको हो ।

त्यस्तै, शुक्लाफाँटा नगरपालिका र भिमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकामा अहिले सर्वदलिय बैठक सकेर मतगणनाको तयारी हुँदैछ ।