१७ फागुन, काठमाडौं।

रवीन्द मिश्रका नाममा नेपालले छिट्टै नयाँ नेता देख्न पाउने निश्चित छ। मिश्रले बिबिसी नेपाली सेवाको आकर्षक जागिर छोडेर राजनीतिमा होमिने आजै घोषणा गरेका छन।

यो पढ्नुस्: रवीन्द्र मिश्रको नयाँ पार्टीमा को को ?

उनले विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण नयाँ राजनैतिक पार्टी खोल्ने अलग र चुनौतिपूर्ण बाटो चयन गरेको आजै गरेको विज्ञप्तीमा जनाएका छन्।

यो पढ्नुस् : मैले बीबीसीबाट यसकारण दिए राजीनामा – रवीन्द्र मिश्र

रवीन्द्र मिश्रले नयाँ राजनैतिक शक्ति खोल्ने निर्णयले सामाजिक सञ्जालमा हलचल र तीब्र प्रतिक्रियाहरु ल्याएको छ। फेसबुक र ट्विटरमा स्वयम मिश्रको पनि दरिलो उपस्थिति छ।

हेल्प नेपाल नेटवर्कबाट सामाजिक काममा निकै सक्रिय रहेका कारण मिश्रको छवि आमरुप निकै सकारात्मक बनेको छ। उनले परिवर्तन हाम्रै जीवन कालमा भन्दै अभियान चलाएका कारणले पनि धेरै मानिसहरुले उनलाई आशावादी नजरले हेरेका छन।

मिश्रले नयाँ राजनैतिक शक्ति खोल्ने निर्णयलाई बाबुराम भट्टराईको नयाँ शक्ति गठन गर्दा ताकाको परिवेशसंग तुलना गर्न सकिन्छ। यद्पी बाबुराम भट्टराई नेपाली राजनीतिका ‘टेस्टेड’ नेता थिए र कुनै अर्को पार्टी छोडेर नयाँ शक्ति निर्माण गर्दै थिए।

राजनीतिमा फ्रेस हुनु, पत्रकारिताबाट नेपाली राजनीतिलाई लामो समय देखी नियाल्नु मिश्रको हकमा जान्छ। उनले लामो समय देखी नेपालका मुख्य नेताहरुको नाडी छामेकै होलान।

कस्तो छ मिश्रको पढाई ?

तीनवटा मास्टर्स

रविन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालबाट मेजर इंगलिसमा मास्टर गरेका हुन्। उनले पाकिस्तानको पञ्जाव युनिभर्सटीबाट पत्रकारिताका अर्को मास्टर गरे।

मिश्रले लण्डन युनिभर्सिटीबाट अन्तराष्ट्रिय राजनीतिमा मास्टर सके। उनको पढाई इंगिलिश, पत्रकारित र राजनीतिको समिश्रण देखिन्छ।

अनुभव

रविन्द्र मिश्रले नेपाल टेलिभिजनमा पनि काम गरेका थिए। उनले पाकिस्तानको अंग्रेजी भाषाको द न्युज इन्टरनेशनलमा पनि अनुभव हासिल गरे।

मिश्र सन १९९५ मा बिबिसीमा प्रवेश गरेका थिए। उनले बीबीसीका मुख्य कार्यक्रमहरु वर्ल्ड टुडे र न्युज आवरमा पनि काम गरे। सन २००६ मा उनलाई बिबिसी नेपाली सेवाको सम्पादकको रुपमा नियुक्त गरिएको थियो।

‘खान पुगोस, दिन पुगोस’, ‘भुमध्य रेखा’ र ‘रविन्द्र मिश्र’का कविता गरि मिश्रका तीन किताब समेत प्रकाशित भएका छन् ।

यो पढ्नुस्: विश्वकै १० प्रेरणादायी व्यक्तिमा रवीन्द्र मिश्र