२९ वैशाख, झापा।

झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेलापरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए।