१४ मंसिर, काठमाडौं ।

केही समय अघि विविसी नेपाली सेवाका पूर्व पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनमा कन्चन शर्मा नामक महिलाको अन्तर्वार्ता प्रसारण गरेपछि यो विषयले उनलाई विवादमा तान्यो । कन्चनको पृष्ठभूमि अध्यन नगरी उनको अन्तर्वार्ता लिएको भन्दै उनका पूर्वपति मिडियामा आएपछि सुमनको ब्यापक आलोचना भयो ।

कञ्चन शर्माको पक्षमा करिश्माको भावुक स्ट्याट्स

उनको विषयमा विभिन्न सञ्चार माध्यममा नयाँ नयाँ विश्लेषण प्रकाशित भैरहेको समयमा अव आएर कथाले नयाँ ट्वीष्ट लिएको छ । कन्चन शर्मा तथा मोहन रेग्मीका कान्छा छोराले आफूहरु सबैभन्दा पीडित रहेको र त्यसका पछाडी आमा (कन्चन शर्मा) कै भूमिका मुख्य रहेको उनको भनाइ छ ।

kanchan-son-sagar-regmi

उनले फेसबुकबाट सोधेका छन्, “वास्तव मा हामीले के गल्ति गरेयौं‌ र येति धेरै मानिस हरुले हामि गालि गरि रहेका छन् ? के समाजका मानिस हरु येति एकोहोरो हुन मिल्छ ? घटना को बारे मा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरि सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि ।”

उनले फेसबुकमा लेखेका छन्, “कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमनसंग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आमा कन्चन (रमा) शर्मा को कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समय मा मेरो परिक्षा चलिरहेको थियो । कार्यक्रम प्रसारण भै सके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो ।”

mohan-regmi

उनले आफ्नी आमाले आफूहरु किशोर अवस्थामै रहेको समयमा कुनै विचार नगरी घर छोडेको र बाबुले आमाको समेत जिम्मेवारी पुरा गरेको बताएका छन् । उनले लेखेका छन्, “बुबा र आमा को झगडामा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबाको साथ दियौं । आमाले गर्नु भएका अमर्यादित काम सामाजिक संजालमा ब्यक्त गर्न सक्दिन ।”

उनले आफूहरुमाथि लान्छाना लगाएर गालीको बर्षा गर्नेहरुलाई कारवाहीको माग समेत गरेका छन् । उनले आफूहरु टक्सन कार नभएर मोटरसाइकल चढ्ने गरेको भन्दै लाइसेन्स समेत प्रमाणकोरुफमा फेसबुकमा हालेका छन् ।

कञ्चन प्रकरणः सुमन खरेलले भने- क्षमा याचना गर्न चाहन्छु

उनले आफूहरुले आमालाई लत्याएको नभएर आमाले आफूहरुलाई लत्याएको समेत बताएका छन् । आफ्नो स्ट्याटसको अन्त्यमा उनले भनेका छन्, “आफ्नै छोरा हरु माथि एउटी आम़ा को एस्तो लान्छना किन ? आमा लाई हामीले लत्याएका हैनौं , हामि आम़ा बाट लत्याइएका अभागी छोरा हरु हौँ सत्य येही हो ।”

kanchan-sharma-1

सञ्चार माध्यममा कन्चन शर्माको स्वभाव सामान्य नरहेको र उनी जड्याहा र दुर्ब्यसनी रहेको पुष्टीहुने थुप्रै प्रमाण बाहिर आइसकेका छन् । शुरुमा उनको अन्तर्वार्ता हेरे साहनुभुती ब्यक्त गर्नेहरुले यतिबेला उनका पतिप्रति सहाहनुभूति ब्यक्त गरिरहेका छन् । यसैबीचमा छोराको स्ट्याटसले कन्चन शर्मालाई थप नङ्ग्याएको छ ।

कन्चन शर्माको अन्तर्वार्ता हेरेर रुने अनि उनका पति र छोराहरुलाई मनलाग्दी गाली गर्नेहरुलाई यो उनको स्ट्याटसले झनै रुहाउने निश्चित छ ।

बच्चा जन्माउने वित्तिकै आमाले नै खान खोजेपछि..(तस्विर सहित)