९ जेठ, काठमाडौ ।

भारतीय लोकसभामा चुनावको मत गणना जारी रहेको छ। बिहिबार विहान देखी जारी मदतानमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) सहितको गठबन्धन (एनडिए)ले बहुमत भन्दा बढि स्थानमा अग्रता बनाएको छ

जारी मतगणनामा चर्चित उम्मेदवार कन्हैया कुमार पछाडी परेका छन्। उनि भारतीय जनता पार्टीका गिरिराज सिंह भन्दा तल परेका हु्न्।

बिहारको बेगुसरायबाट चुनाव लडेका कन्हैयाले भारतीय मिडियामा भने राम्रो स्थान पाउने गरेका छन् । उनको हार या जीतले राष्ट्रिय राजनीतिमा तत्कालै खासै फरक नपारेपनि यसले दीर्घकालिन प्रभाव भने छोड्ने निश्चित छ।

जवहरलाल नेरु विश्वविध्यालय स्टुडेन्ट युनियनका पुर्व अध्यक्ष कन्हैया कुमारको उम्मेदवारी चर्चाको विषय बनेको छ ।

सिपिआईको टिकट लिएर चुनावमा लडेका कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको खरो आलोचना गर्ने गरेका छन्।

यो पनि पढनुस भारतमा फेरी मोदी