१० साउन, काठमाडौं ।
डाक्टरदम्पतीको विवाद चर्कदैं जाँदा प्रहरी हाकिमले पनि मौकाको फाईदा उठाउन थालेका छन् ।
श्रीमानबाट कुटिएको भन्दै गुनासो गर्न गएकी डा. स्निधा मैनालीलाई प्रहरी ईन्पेक्टरले यौन ठट्टा गरेर फर्काएका छन् । डा. सुधांसु कोइराला र श्रीमति मैनालीको घरझगडा प्रहरी र राष्ट्रिय महिला आयोगसम्म पुगेको समाचार छापिएको थियो ।
समाचार छापिएको दिनमा डा. सुधांसु आफ्नो क्लिनिकमा आएर खुट्टा भाँच्ने धम्की दिएको गुनासो श्रीमति मैनालीले गरेकी छन् । जावलाखेलस्थित निर्वाण वेलनेस क्लिनिकमा पुगेर डा. सुधांसुले धम्क्याएको भन्दै स्निधा महानगरिय प्रहरी परिसर ललितपुरस्थित महिला सेलमा पुगेकी थिईन् ।
तर सेल प्रमुख प्रहरी निरीक्षक डोलराज शाहीले यौनठट्टा गरेर पठाएको परिवारको गुनासो छ । उजुरी गर्न गएकी काकी हरिप्रिया र महिला प्रहरी कर्मचारीलाई समेत कोठाबाट बाहिर निकाली शाहीले डा. स्निधालाई जिस्क्याएका थिए । “श्रीमानलाई आकर्षित गर्न त लुगा खोल्नुपर्छ, सायद तपाईले त्यसो गर्नुभएन होला,” ईन्स्पेक्टरले यसो भनेपछि स्निधा प्रहरी कार्यालयबाट  फिर्ता आएको परिवारले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट