अण्डा उसिनेर होस् या अम्लेट बनाएर अर्थात यसका विभिन्न परिकार बनाउन सकिन्छ । खानको लागि मात्र होइन अण्डाले कपाल झर्ने, सुख्खा कपाल तथा चाया पर्ने जस्ता समस्या बाट बचाउदछ ।


रुखो कपाल -यसको लागी अण्डा र दुइ चम्चा ओलिभ तेल मिसाएर कपालमा लगाउनुस् । कपाल सुकिसकेपछि स्याम्पुले धुनुस् । यसको नतिजा केहि हप्तामै पाउनुहुनेछ ।

तैलीय कपाल – तैलीय कपालले कम सुन्दरता दिन्छ । यसबाट बच्नको लागी अण्डाबाट बनेको लेप लगाउनुस् । हप्ताको दुइ पटक १ चम्चा कागतीको रसमा अण्डाको सेतो भाग मिसाएर लगाउनुस् । कपाल सुकेपछि स्याम्पुले नुहाउनुस् ।

कपाल झर्ने -अण्डाले कपाल झर्नबाट रोक्दछ । ३ चम्चा उमालेको ग्रीन टिमा अण्डा मिसाएर लेदो बनाउनुस । कपालको जरासम्म पुग्ने गरि त्यसको लेदो लगाउनुस् । २ घण्टाभित्र कपाल धुनुस् । हप्तामा २ पटक यो प्रक्रिया अपनाउनाले कपाल झर्नबाट रोक्दछ ।

चायाँ- मौसम परिवर्तन तथा विभिन्न कारणले कपालमा चाया पर्ने हुन्छ । यसको समस्याबाट बच्न कपालमा अण्डा लगाउने गर्नुस् । रातभर पानीमा मेथीको दाना भिजाएर राख्नुस् । भोलीपल्ट मेथी पिसेरको लेदो अण्डामा मिसाउनुस् । उक्त लेदो कपालमा लगाएर आधा घण्टा पछि स्याम्पुले धुनुस् । केहि हप्तामै कपालबाट चाया हटेर जान्छ ।

लामो कपाल -दुइ वटा अण्डामा एक चम्चा नरिवलको तेल मिसाएर फिट्नुस् । कपालको जरा जरामा त्यसको लेदो लगाउनुस् । आधा घण्टापछि स्याम्पुले कपाल नुहाउनुस् । यसले कपाल लामो हुदै जान्छ ।