७ चैत, एजेन्सी ।

विवादले कमेडियन कपिल शर्मालाई नछोड्ने भयो । आफ्नै सहकर्मी सुनिल ग्रोवर र चन्दनसंगको झगडाका कारण विवादमा मुछिएका कपिल फेरि अर्को कारणले चर्चामा छन्। 

तर यतिबेला भने उनी फिल्म ‘बेगम जान’की नायिकासंग गरेको गरेको व्यवहारका कारण आलोचित भएका हुन ।

विद्या वालन आफ्नो टिमसहित फिल्म बेगम जानको प्रमोशनको लागी द कपिल शर्मा शो मा पुगेकी थिइन् । तर कपिल सुटिङको लागि स्टेजमा ६ घण्टासम्म पनि देखा परेनन् ।

लामो समसम्म कपिल शो मा नआएपछि विद्याले फर्कने निधो गरिन् । र केहि मिनेटमै कपिलले विद्यालाई फोन गरेर शुटिङको लागि स्टेज तयार भएको जानकारी गराए । त्यसपछि उनी रोकिएकी थिइन अनि सुटिङ सकेर मात्र फर्किइन । उनको यो फिल्म अप्रिल १६ मा प्रदर्शन हुनेछ ।

कपिलले यसरी कुराउने गरेको यो पहिलो घटना भने होइन । अमिताभ बच्चन लगायत आफ्ना सिनियर कलाकारलाई सुटिङको लागि कुराउने कपिलको पुरानै बानी हो।

यो पढ्नुस्
विवाहको खबर कपिलले विवाहकै लागि सार्वजनिक गरेका होइनन्, अर्कै रहेछ प्रयोजन