१५ चैत, एजेन्सी ।

कपिल शर्मा र सुनिल ग्रोभरबीचको विवादलाई लिएर कपिलको शोमा महत्वपूर्ण भूमिकामा रहेका ‘किकू शारदा’ अर्थात् ‘बम्पर’ले मुख खोलेका छन् ।

एक भारतीय अखबारलाई टेलिफोनमार्फत् दिएको अन्तरवार्तामा किकुले भनेका छन्, ‘म यस बिषयमा केही पनि बोल्न चाहान्न । किनकि, यस बिषयमा धेरै कुरा लेखिइसकिएको छ, जबकि यति धेरै केही पनि भएको थिएन । मलाई लाग्छ, यस विवादलाई बढी नै तन्किाइँदैछ ।’

यो पढ्नुस् : किन ‘नर्भस’ भए सुनिल ?

त्यस्तै, के तपाईलाई कपिलले अपशब्द बोलका थिए ? भन्ने प्रश्नमा किकुले भने, ‘त्यस्तो केही भएको थिएन । कपिलले मलाई केही पनि भनेनन् ।’

खबरअनुसार, मेलबर्नदेखि नयाँ दिल्लीसम्मको हवाईयात्राका क्रममा मदिराको नशामा कपिलले सुनिल ग्रोभर, चन्दन प्रभाकर, किकु शारदालाई पनि नराम्रो शब्द प्रयोग गरी गाली गरेको बताइएको थियो । तर, किकुले यस्तो केही पनि नबोलेको बताएपछि किकु अझै कपिलको साथमा छन् भन्ने अनुमान लगाउन थालिएको छ ।