एजेन्सी । बलिउड फिल्म उद्योगमा कपूर खानदान ठूलो पार्टी आयोजनाका लागि चर्चित मानिन्छन् । हालै रणदीर कपूरको जन्मदिनमा यस्तै एक शानदार पार्टी राखिएको थियो, जसमा बलिउडका ठूला हस्तिहरु उपस्थित थिए । तर, पार्टीमा के–कस्ता कुरा गरिन्छन् तपाईलाई थाहा छ ?

रणधीर कपूर अभिनेत्री करिश्मा र करिनाका पिता हुन् । रणधीरले एक अखबारसँग कुराकानी गर्ने क्रममा कपूर परिवारको पार्टीमा मदिरा, सेक्स, खराब जोक्स र महिलाहरुलाई लिएर विभिन्न कुरा हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टीमा सेक्स, ननभेज जोक्स, मदिरा तथा महिलालाई लिएर कुरा हुन्छ । हामी फिल्म उद्योगको कुनै व्यक्तिको बारेमा कुनै कुरा वा आलोचना गर्ने गर्दैनौँ । हामीलाई अरु के गर्दैछन् भन्ने कुराले फरक पार्दैन । हामी यति व्यस्त छौँ कि अन्यको बारेमा सोच्न भ्याउँदैनौँ ।’

रोचक कुरा के छ भने, विभिन्न सम्बन्ध तथा विवादका कारण पनि कपूर परिवारका सबै सदस्य एकसाथ छन् र जुनसुकै अप्ठ्यारा वा समस्या एकसाथ समाना गर्छन् । रणधीरका अनुसार, उनी आफ्नो परिवार तथा बच्चाको नीजि जिन्दगीमा कुनै प्रकारको हस्तक्षेप दिँदैनन् ।’

रणधीर भन्छन्, ‘फिल्म उद्योगमा कस्ता अफवाह उड्छन् मलाई राम्ररी थाहा छ, त्यसैले ती अफवाह न आफूमाथि न छोरीमाथि नै हावी हुन दिन्छु ।’