एजेन्सी । दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि कमेडियन भारती गुप्ता र हर्ष लिंबाचियाले अन्ततः इन्गेजमेन्ट गरेका छन् ।

harsha-and-bharati

हर्ष भारतीको शो ‘कमेडी नाइट बचाओ’का लेखक हुन् । ‘इन्गेजमेन्ट’ समारोहमा आफ्ना नजिकका साथीभाई तथा परिवारजन सहभागी थिए ।

इन्गेजमेन्टमा पहुनाका रुपमा पुगेका एक व्यक्तिका अनुसार इन्गेजमेन्टपछि एक रेष्टुरेन्टमा पार्टी राखिएको थियो, सबै कुरा अन्तिम अवस्थामा हतार–हतारमा निर्णय गरिएको थियो ।

फिल्मी उद्योगका कृष्ण अभिषेक, कश्मीरा शाह, प्रोड्युसर विपुल शाह र शोका केही सदस्यहरु उपस्थित थिए । खबरअनुसार, भारती र हर्ष यसै बर्षको नोभेम्बरमा विवाह बन्धनमा बाँधिनेछन् । दुवैको जोडी ‘नच बलिए’ शोमा पनि देखिने बताइएको छ ।