“अब तपाईँ पनि गर्न सक्नुहुन्छ कम्प्युटरबाट भाइबर कल!”

-कुशल श्रेष्ठ

अफिसमा हुनुहुन्छ या घरमा, कम्प्युटरमा काम गरिराखेको बेला मोबाइलमा केहि सन्देश आयो भने अनि म्यासेन्जर या भाइबरमा कल आयो भने काम नै छोडेर मोबाइल समात्नुपर्ने हुन्छ। तर यो जमाना प्रविधिले भरपूर छ, अनि प्रविधिको विकासलाई हाम्रो दैनिक जीवनमा लागू गर्न सकियो भने हामीलाई नै धेरै सजिलो हुन्छ।Computerma Viber

आफ्नो स्मार्टफोनमा भाइबर त सबैले राख्नुभएकै होला, तर मोबाइलभन्दा ल्यापटप अथवा कम्प्युटरमा काम बढी गर्नेहरूले पनि भाइबरको सुविधा कम्प्युटरमै लिन सक्नुहुन्छ। त्यसको लागि भने निम्न आधारभूत कुराहरूको आवश्यकता पर्दछ-

  • इन्टरनेटको सुविधा हुनुपर्दछ।
  • कम्प्युटरमा भाइबर राख्नको लागि मोबाइलबाट भाइबर खोलिसकेको हुनुपर्छ।
  • जुन सिमबाट भाइबर खोलेको हो, त्यो सिम भएको मोबाइल साथमा नै हुनुपर्छ।

माथिको ३ कुरा भएपछि चाहिँ अब तपाईँले कम्प्युटरमा पनि भाइबर राख्न सक्नुहुन्छ। त्यसका लागि निम्न चरणहरू पार गर्नुपर्ने हुन्छ, तस्विरसहित हेर्नुहोस्-

१. सर्वप्रथम त, इन्टरनेटबाट आफ्नो कम्प्युटरमा भाइबर डाउनलोड गर्नुपर्ने हुन्छ, त्यसको लागि www.viber.com/en/ यो वेबसाइटमा जानुहोस् र त्यहाँ ‘गेट भाइबर’ (Get Viber) बन्ने ठाउँमा क्लिक गर्नुहोस्।1. Setup Viber

२. त्यहाँ क्लिक गरिसकेपछि, तपाईँको कम्प्युटरमा भाइबरको सेटअप फाइल डाउनलोड हुन सुरु हुन्छ, केहि क्षण पर्खिनुहोस् र डाउनलोड भइसकेपछि उक्त फाइललाई खोल्नुहोस्। त्यसपछि तल तस्विरमा देखाएजस्तै ‘एसेप्ट एण्ड इन्स्टल’ (Accept & Install) मा क्लिक गर्नुहोस्।2. Setup Viber

त्यसपछि भाइबर इन्स्टल हुन सुरु हुन्छ।3. Setup Viber

३. भाइबर इन्स्टल भइसकेपछि, तलको तस्विरमा देखाएजस्तै ‘वेलकम टु भाइबर’ भनेर देखाउँछ, जहाँ तपाईँले आफ्नो स्मार्टफोनमा भाइबर छ या छैन, जानकारी दिनुपर्ने हुन्छ। यदि आफ्नो स्मार्टफोनमा भाइबर छ भने ‘एस’ (Yes) मा क्लिक गर्नुहोस् र यदि छैन भने पहिले मोबाइलमा भाइबर राखेर मात्रै यो प्रक्रिया सुरु गर्नुहोस्।4. Setup Viber

४. ‘एस’ मा क्लिक गरिसकेपछि, आफ्नो मोबाइल नम्बर राख्ने ठाउँ आउँछ। त्यहाँ आफ्नो भाइबरको मोबाइल नम्बर राखेर ‘कन्टिन्यू’ (Continue) मा क्लिक गर्नुहोस्।5. Setup Viber

५. त्यसपछि भाइबरले तपाईँको मोबाइलमा ‘एक्टिभेसन कोड’ (Activation Code) पठाउँछ। उक्त कोडलाई त्यहाँ राख्नुहोस्, अनि भाइबरको लाइसेन्सअनुसार नियमावस्थालाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ। त्यसैले तल तस्विरमा देखाएजस्तै सानो बक्समा ‘टिक’ (Tick) लगाउनुहोस् र ‘इन्टर भाइबर’ (Enter Viber) मा क्लिक गर्नुहोस्।6. Setup Viber

६. अब तपाईँले आफ्नो कम्प्युटरमा मज्जाले भाइबर चलाउन सक्नुहुन्छ, बाइबरमा सन्देश र कल आउँदा मोबाइल हेरिराख्नुपर्ने जरुरत हुँदैन।

यो पनि पढ्नुहोस्।
भाइबरले ल्यायो क्रोमबुक्स एचडी भिडियो कलिङ सुविधा
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
सामसङको फोन चलाउनु हुन्छ ? एक पटक पढ्नुस्