२० मंसिर, दाङ ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सबैको अधिकार नसमेटिएको भन्दै संविधानको औचित्यमाथि प्रश्न उठाएका छन ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष वैद्यले संविधानप्रति सबै दल र पक्षहरूको असन्तुष्टि रहेको भन्दै यसमा संशोधन गर्नुको कुनै औचित्य नभएको टिप्पणी गरे ।

Mohan-Baidhya

देशका सीमान्तकृत वर्ग समुदायको अधिकारसँगै मधेसीको मागलाई संविधानमा नसमेटिएकै कारण समस्या बल्झिदै गएको उनको भनाइ थियो ।

सरकारले पछिल्लो समयमा संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव बाह्य शक्तिको चलखेलका आधारमा ल्याइएको भन्दै अध्यक्ष वैद्यले संशोधनबारे सरकारमै रहेका पार्टीका नेताहरू विभाजित भएको जिकिर गरे ।