१९ कार्तिक, इस्लामावाद । पाकिस्तानको दक्षिणी सहर कराचीमा गएको २४ घन्टायता मङ्गलबार बिहानसम्ममा कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ ।

प्राप्त समाचारमा सो शहरमा मङ्गलबार बिहानमात्र ११ जनाको ज्यान गएको छ । बिहान अकस्मात मोटर साइकलमा चढेका अज्ञात व्यक्तिहरुले कराचीको पश्चिमी क्षेत्रमा अन्धाधुन्द गोली हानेका थिए ।

ती व्यक्तिको गोलीलागी कम्तीमा पनि ११ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । त्यस्तै कराचीको कोराँगी सहरमा पनि यस्तै बन्ुदकधारीले तीनजनाको हत्या गरेका थिए ।

साथै प्रहरीले सोही सहरमा बन्दुकले छेडिएको अवस्थमा पाँच जनाको शव भेटेको पनि जनाएका छन् । हालैमात्र पाकिस्तानको तालवान सङ्गठनका प्रमुखको हत्या भएपछि हुनसक्ने सम्भावित असुरक्षालाई ध्यानमा राखी पाकिस्तान सरकारले पनि उच्च सतर्कता अपनाएको बताइएको छ ।

तरपनि गएरातिदेखि नै पाकिस्तानमा विभिन्न खालका हत्याका शृङ्खलाहरुमा वृद्धि भइरहेको पनि समाचारमा जनाइएको छ । एएफपी