एजेन्सी । प्रेग्नेन्सीको अनुभव संगालिरहेकी बलिउड स्टार करिना कपुरले आफूमा आएको परिवर्तन खुलासा गरेकी छिन् ।

karina

परिवारमा नयाँ सदस्य आगमनको पर्खाइमा रहेकी करिनाले प्रेग्नेन्सीमा आफ्नो छाला र कपाल दुबै लोभलाग्दो भएको बताएकी हुन् । उनले भनिन्, ‘म मेरो कपाल देखेरे आफैं क्रेजी भएको छु ।’

karina 3241314

बलिउडमा कपालको धेरै महत्व हुने भन्दै प्रेग्नेन्सीपछि कपालमा देखिएको परिवर्तनले आफू दंग परेको उनको भनाई छ । करिना कभि खुशी कभी गम, जब वी मेट, कम्बख्त इश्क, थ्री इडियट र बजरंगी भाइजान लगायतका पछिल्ला फिल्महरुमा पनि करिना लामो र सुन्दर कपालका साथ प्रस्तुत भएकी छिन् ।