६ मंसिर, काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ घर भएका २४ वर्षीय अनिल स्वर्णकार रहेका छन् ।

एक पार्टी प्यालेसको वायरिङ गर्ने क्रममा विद्युत सट् भइ उनलाई करेण्ट लागेको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी दिलिपराज झाले बताए ।