५ कात्तिक, राजविराज ।

सप्तरीको खोजपुर गाविस– ८ मा आज साँझ करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय छनजिराम ठाकुरको १३ वर्षीया छोरी रेखाकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

उनको आफ्नै घरको विद्युत् लाइनमा लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।