८ असार, एजेन्सी ।

अर्जेन्टिनाका फुटवल खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा मारिया २० लाख युरो अर्थात २२ करोड ९६ लाख रुपैयाँ र्तिन तयार भएका हुन ।

आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषि ठहरिएपछि डी मारिया उक्त रकम तिर्न राजी भएका हुन । रियल मड्रिडमा रहेका बेला सन् २०१२ देखि २०१३ सम्ममा आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोप उनीमाथि छ ।

डी मारिया स्पेनमा कर छलीको आरोप मुद्दा झेलिरहेका हाइ–प्रोफाइल खेलाडी तथा प्रशिक्षक मध्ये एक हुन् । स्पेनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप दर्ता गरेका छन् । तर दुबै खेलाडीले आरोप अस्विकार गर्दै आएका छन् ।