१३ मंसिर, काठमाडौं ।

चीनसँग इन्धन खरिदका लागि कर छूट दिन आग्रह गर्दै वाणिज्य तथा आपूर्तिमन्त्रालयले चीन सरकारलाई औपचारिक पत्र लेखेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले कर छूटका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत चीनलाई पत्र पठाइसकिएको जानकारी दिए ।

वाणिज्य मन्त्रालयका एक अधिकारीले गत बिहीबार नै कर छूटका विषयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताए ।

नेपाल आयल निगमले कात्तिक १५ देखि मंसिर ५ गतेभित्रको अवधिमा द्विपक्षीय व्यापार सम्झौता गरी चीनबाट इन्धन खरिद गर्ने योजना सार्वजनिक गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।