(Kollywood actors )

कलाकारहरु प्राय राती पनि कालो चस्मा तथा सन् ग्लासेस लगाएर मात्र बाहिर निस्केको हामीले देखेकै छौ । प्राय कलाकारले राती पनि सन ग्लासेस लगाएको कहिल्यै ख्याल गर्नुभएको छ ? हलिउड, बलिउड या कलीउड कलाकार नै किन नहोस् । धेरैलाई लाग्छ होला कि यो कलाकारको फेशन हो । तर यसको तथ्यबारे सायद थोरैलाई मात्र थाहा हुन सक्छ । वास्तवमा यो कलाकारको स्टाइल नभएर बाध्यता हो ।

( Bollywood actors )
यसबारे एउटा तथ्य बाहिर आएको छ । जहाँ स्टार तथा कलाकारहरुले जतिखेर पनि क्यामेराको सामना गर्नुपर्ने हुन्छ । र क्यामेराकै कारण यी कलाकारको प्राइवेसी भंग हुन जान्छ । जब स्टारहरु बाहिर देखा पर्दछन्, सयौं क्यामेरा यिनै कलाकारको पछि कुद्छन् । त्यसैले कुनै सामान्य कार्यक्रममा पनि कलाकारले चस्मा लगाएका हुन्छन् ।

यसको पछि कुनै खास कारण नभएतापनि क्यामेराबाट निस्कने फ्ल्यास लाइटको असर सिधै कलाकारको आँखामा पर्न जान्छ । यसकारण पनि कलाकार चस्माविना बाहिर निस्किदैनन् ।