६ कात्तिक, काठमाडौं ।

चलचित्र ‘रोमियो’ मार्फत पहिलो पटक रजत पटमा आउन लागेकी मुस्मिल समुदायकी पहिलो नेपाली नायिका ओशिमा बानु धर्म र कलाकारितालाई जोड्न नमिल्ने बताउँछिन्।  oshima-banu

उनले आफूलाई कुनै धार्मिक समुदायकी नायिकाभन्दा नेपाली नायिकाका रुपमा हेरिदिन आग्रह गरेकी छन् ।

मुस्लिम समुदायकी युवती पहिलो पटक चलचित्रमा आउँदा कस्तो महशुस गर्नु भएको
छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन् ‘ मैले कुन धर्म मान्छु भन्दा मैले कस्तो काम गरेकी छु, भन्ने कुरा महत्वपूर्ण रहेको छ ।’ उनले थपिन ‘ आफ्नो व्यवसायिक पाटोमाजस्तै चलचित्रमा पनि मिहिनेत गरेकाले सबैले मनपराई दिनु हुनेछ ।’

दुई म्युजिक भिडिओमा अभिनय गरिसकेकी यी नायिकाले अध्ययन पनि विजनेस म्यानेजमेन्टमा व्यचलर गरेकी छन् । विगत तीन वर्षदेखि ‘हाउस अफ फेसन’ नामक कंपनी चलाइरहेकी ओशिमाले ‘फेस अफ क्लासिक डाइमन्ड’ नामको प्रतिष्पर्धामा उपाधिसमेत जितेकी थिइन् ।