१६ बैशाख, काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएको नयाँ शक्ति पार्टीले कलाकार दीपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले संकलन गरेको एक लाख रुपैयाँ कलाकार दम्पत्तिलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै संयोजक भट्टराईले कलाकार राष्ट्रका अमूल्य सम्पत्ति भएकाले उनीहरुको संरक्षण र स्वास्थ्योपचारमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रि नेपाली समाज इजरायलले त्यहाँ रहेका नेपालीहरुबाट प्राप्त भएको सहयोग हस्तान्तरण गरिएको नयाँ शक्तिका प्रवास विभाग सदस्य इन्द्रराज भट्टराईले बताए ।

घाँटीमा मासु पलाएका कलाकार क्षेत्रीले आर्थिक अभावका कारण उपचारमा समस्या भोग्दै आएका छन् । तर अहिले सबैको सहयोगबाट उपचारका लागि आर्थिक स्रोत जुटाउन सफल भएको क्षत्रीकी पत्नी विपना बस्नेतले बताइन् ।