आजको पुस्ता स्वस्थ जीवनशैलीमा ध्यान दिदैन । यसका कारण कयौंको कलेजो खराब हुने गरेको छ । अर्थात कलेजोमा नराम्रो असर परिरहेको छ । कलेजोले राम्रोसँग काम गर्न असफल हुन्छ ।liver-gallbladder-back

कलेजोलाई मजबुत बनाउनु पर्छ । हामीले लिने कयौं प्रकारका विषाक्त पदार्थ जुन शरीरमा कलेजोको लागि हानिकारक छन ।

कलेजो शरीरको महत्वपुर्ण अंग मध्येको एक हो । तर हामी जुन वातावरणमा छौं, यो पूरै विषाक्त भइसकेको छ । पानी खाना र हावा पनि आजभोलि हाम्रो स्वास्थ्यको लागि हानिकारक हुदै गएको छ । यसले स्वास नलीलाई धेरै नै नोक्सान गर्ने गर्छ । यसैले हामी स्वस्थ रहन जरुरी छ ।

हामी यहाँ यस्तो ड्रिंकको बारेमा बताउदै छौं जसले तपाईको कलेजो विषाक्त तत्वबाट मुक्त हुनेछ ।kismis

सामाग्री:
२ कप पानी (400 ml)
१५० ग्राम किशमिश

विधि:
किशमिशलाई राम्रोसँग ध्यान दिएर छान्नु पर्ने हुन्छ । गाडा खालको रंग भएको किशमिशलाई छान्नुपर्छ । छानेको किशमिशलाई धोएर तयार गर्नुहोस ।

दुई कप पानी उमाल्नको लागि आगोमा राख्नुहोस । पानी जब उम्लिन शुरु हुन्छ तब पानीमा किशमिश हालेर २० मिनेटसम्म उम्लिन दिनुहोस ।

किशमिशलाई पुरै रात पानी सोस्न दिनुहोस ।

दोस्रो दिन बिहान खाली पेट (ब्रेकफास्टको ३० मिनेट पहिला) मा यो पानीको सेवन गर्नुहोस ।